मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

राजनीति

न्यायालयमाथि दबाब दिने गतिविधि लोकतन्त्र र विधिको शासनविपरित : सत्ता गठबन्धन 

न्यायालयमाथि दबाब दिने गतिविधि लोकतन्त्र र विधिको शासनविपरित : सत्ता गठबन्धन 

अनुसन्धान र कारबाहीको प्रक्रियालाई प्रभावित पार्ने गतिविधि भैरहेको भन्दै गम्भीर असहमति जनाएको

शुक्रबार, कात्तिक ९ २०८१
शुक्रबार, कात्तिक ९ २०८१
  • काठमाडौं । सत्ता गठबन्धनले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको सर्वसम्मत प्रतिवेदनका सुरु भएको अनुसन्धान र कारबाहीको प्रक्रियालाई प्रभावित पार्ने गतिविधि भैरहेको भन्दै गम्भीर असहमति जनाएको छ । 

    शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको संयुक्त बैठकपछि विज्ञप्ती जारी गर्दै दलहरुले भीड जम्मा गरेर अनुसन्धानको प्रक्रियालाई प्रभावित गर्ने र न्यायालयमाथि दबाब दिने गतिविधिहरु लोकतन्त्र र विधिको शासनविपरित भएको ठहर गरेका छन् । 

    “पछिल्ला दिनमा अनुसन्धान र अभियोजनको प्रक्रियालाई नै प्रभावित गर्ने उद्देश्यले गतिविधिहरु सुरु भएका छन् । भीड जम्मा गरेर अनुसन्धानको प्रक्रियालाई प्रभावित गर्ने र न्यायालयमाथि दबाब दिने गतिविधिहरु लोकतन्त्र र विधिको शासन विपरीत कुरा हो । यस्ता गतिविधिप्रति हाम्रो गम्भीर असहमति छ,” सत्ता गठबन्धनद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    बैठकले सहकारीसम्बन्धी संसदीय छानबिन समितिका सबै सुझाव र निर्देशन सरकारले कार्यान्वयन गर्नेसमेत निर्णय गरेको छ ।

    सहकारी ठगी आरोपमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरिएकामध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको विरोध भइरहेको प्रदर्शनप्रति सत्ता गठबन्धनले आपत्ति जनाएको हो ।

    464438416_122114943176412500_530404835985469679_n.jpg
    464431995_122114943200412500_158281963060640118_n.jpg
    464300487_122114942942412500_6238678592675640329_n.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार