शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

हिमपहिरो

गोरखाको वीरेन्द्र तालमा हिमपहिरो, बाढीले बगायो पुल 

गोरखाको वीरेन्द्र तालमा हिमपहिरो, बाढीले बगायो पुल 

मनास्लु क्षेत्रमा पर्ने तालमाथि हिमपहिरो खस्दा तालको पानी छछल्किएर तल्लो भागमा बाढी आएको छ ।

बागीपाेस्ट संवाददाता
आइतबार, वैशाख ९ २०८१

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिमपहिरो खसेको छ । 

मनास्लु क्षेत्रमा पर्ने तालमाथि हिमपहिरो खस्दा तालको पानी छछल्किएर तल्लो भागमा बाढी आएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख वासुदेव पाठकका अनुसार बाढीले सामगाउँको काठेपुल बगाएको छ । 

वीरेन्द्र ताल फुटेको नभई तालमा हिमपहिरो आएकोले तालको पानी छछल्कीय तल्लो भागमा बाढी आएको र त्यसले एक काठेपुल बगाएको प्रहरी प्रमुख पाठकले बताए । उनले बाढीले थप क्षती पु¥याउने सम्भावना रहेको र बस्ती त्यती जोखीममा नरहेको जानकारी दिए । 

बाढीले बुढीगण्डकी नदीको माथिल्लो क्षेत्रबाट पानीको वहाब बढेको जानकारी भएको हुँदा बुढीगण्डकी नदीको आसपासमा बालुवा, ढुंगा उत्खनन तथा माछा मार्ने जस्ता कार्यहरु नगर्न नगराउन र आसपास क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई सतर्कता अपनाउन अनुरोध गरिएको उनले बताए । 

 

 

प्रतिक्रिया दिनुहोस्
images
images
लोकप्रीय
सम्बन्धित समाचार