काठमाडौं । अमेरिका विरुद्धको टी- २० आई सिरिजमा नेपालले क्लिन स्विप गरेको छ ।
अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
यस अघि सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा आइतबार सुपर ओभरमा अमेरिका पराजित गरेको थियो । योसँगै नेपालले अमेरिकासँगको टी- २० आई सिरिज क्लिन स्विप गरेको हो ।
आज भएको सिरिजको अन्तिम खेलमा पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतीमा १५६ रनको योगफल तयार गरेको थियो ।
जवाफी ब्याटिङ थालेको नेपालले ८ बल बाँकी छदै लक्ष्य पूरा गर्यो र अमेरिकालाई ८ विकेटले पराजित गर्यो ।
नेपालका ओपनर आशिफ शेखले अर्धशतक प्रहार गरे । ३९ बलको सामना गरेका आशिफले ५० रन बनाए । नेपालका कुशल मल्ले ४४ तथा कुशल भुर्तेलले ४० रनको योगदान दिए ।
अमेरिकालाई १५६ रनमा रोक्न नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेटलिएका थिए भने रिजन ढकाल र ललित राजवंशीले समान एक-एक विकेट लिएका थिए ।
