काठमाडौं । नेकपा (एमाले) का नेता विष्णु रिजालले रवि लामिछाने पक्राउ पर्दा आकाश के आकाश नै खस्छ ? भन्दै प्रश्न गरेका छन् ।
रास्वपाका सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा सरकार मरेको र आफूहरुलाई जुठो परेको स्टाटस जारी गरेपछि नेता रिजालले त्यसको जवाफमा कानुनले आफ्नो बाटो लिनेबताएका हुन् ।
रवि लामिछाने नै गृहमन्त्री भएका बेला कांग्रेसका बालकृष्ण खाँण र कृष्णबहादुर महराहरु पक्राउ पर्दा नत आकाश खसेको र राजनीतिक प्रतिशोध पनि नभएको स्मरण गराएका छन् ।
रिजालले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् :
रवि लीमिछानेलाई पक्राउ गर्न पूर्जी जारी हुनु न खुसीको कुरा हो न दुःखको । कानुनले आफ्नो बाटो लिन्छ, लिनुपर्छ । गृहमन्त्री भइसकेका कृष्णबहादुर महरा, बालकृष्ण खाँडहरू आफ्नै पार्टीको सरकार भएको बेला पक्राउ पर्दा आकाश खसेन, राजनीतिक प्रतिशोध भएन । रविजी पक्राउ पर्दा चाहिँ के आकाश खस्छ? कानुनलाई सघाउनूस्, ६५ करोड बारे जवाफ दिनूस्, अदालतले न्याय दिइहाल्छ नि !
