मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

सहकारी ठगी प्रकरण

सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित यी हुन् पक्राउ पुर्जी जारी भएका १४ जना

सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित यी हुन् पक्राउ पुर्जी जारी भएका १४ जना

लामिछाने केही समयपछि पक्राउ पर्ने र उनलाई स्थलमार्गबाट पोखरा लागिने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए

शुक्रबार, कात्तिक २ २०८१
शुक्रबार, कात्तिक २ २०८१
  • काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

    जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले शुक्रबार लामिछानेसहित १४ जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । 

    पक्राउ पुर्जी जारी भएकाहरुमा रवि लामिछाने, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त वावु राई, राम बहादुर खनाल, देवेन्द्र वावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, विर बहादुर रानाभाट, दिपा न्यौपाने र कल्पना कुमारी श्रेष्ठ छन् ।

    पक्राउ पुर्जी जारी भए लामिछानेलाई पक्राउ गर्ने तयारीका साथ प्रहरीसहित सीआईबीको टोली रास्वपा कार्यालय पुगेको छ । लामिछाने केही समयपछि पक्राउ पर्ने र उनलाई स्थलमार्गबाट पोखरा लागिने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । 

    उनले पार्टी कार्यालयमा सभापति लामिछानेलाई प्रहरीले पक्राउ गर्दा कार्यकर्तालाई प्रतिवाद नगर्न आग्रह गरे । सभापति लामिछानेसँगै आफूसहितका नेताहरु पोखरा जाने उनले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार