सोमबार, भदौ १ गते २०८३    

सोमबार, भदौ १ गते २०८३    

हमास- इजरायल युद्ध

इजरायलद्दारा हमासका प्रमुख याह्या सिन्वार मारिएको पुष्टि

इजरायलद्दारा हमासका प्रमुख याह्या सिन्वार मारिएको पुष्टि

हमास समूहले आधिकारिक रुपमा कुनै प्रतिक्रिया दिएको छैन ।

शुक्रबार, कात्तिक २ २०८१
शुक्रबार, कात्तिक २ २०८१
  • एजेन्सी । इजरायली सेनाले हमासका प्रमुख याह्या सिन्वार मारिएको पुष्टि गरेको छ ।

    "एक वर्षको प्रयासपछि" गाजाको दक्षिणी भेगमा आफ्नो फौजको कारबाहीमा सिन्वार बुधवार मारिएको सेनाले जनाएको छ।

    इजरायली सेनाले सामाजिक संजाल एक्समार्फत दक्षिणी गाजाको ताल अल सुल्तान क्षेत्रमा इजरायली कारबाहीका क्रममा हमासका प्रमुख सिन्वार मारिएको पुष्टि गरेको छ ।

    यस विषयमा भने हमास समूहले आधिकारिक रुपमा कुनै प्रतिक्रिया दिएको छैन ।

    इजरायली सेनाले इजरायलको शीर्ष निशाना रहेका हमास प्रमुख सिन्वार मारिएक हुन कि होइनन भनेर दाँत र डीएनए प्रमाणहरू जाँच गरिरहेको जनाएको थियो ।

    सेनाले यसअघि गाजा पट्टीमा कारबाहीका क्रममा मारिएका तीन आतङ्ककारीहरूमध्ये सिन्वार पनि हुनसक्ने सम्भावना जाँच गरिरहेको बताएको थियो।

    यसअघिका हमास प्रमुख इस्माइल हानियाको हत्या भएपछि मध्यपूर्वमा तनाव चुलिएको छ। इरान र उसका सहयोगीहरूले हानियाको हत्याको पछाडि इजरायलको हात रहेको भन्दै प्रतिशोध लिने बताएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार