काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल र नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ बीच भेटवार्ता भएको छ ।
दुई नेताबीच आज काठमाडौंमा भेटवार्ता भएको हो । भेटमा पटिल्ला राजनीतिक घटनाक्रम र कम्युनिष्ट पार्टीलाई कसरी नयाँ ढंगले अगाडी बढाउने विषयमा छलफल भएको जनाइएको छ ।
पछिल्लो समय समाजवादी मोर्चा भित्र रहेका दलहका नेताहरुले कम्युनिष्ट पार्टीलाई नयाँ सिराबाट अगाडी बढाउन सकिने विषयमा छलफल गर्दै आइरहेका छन् ।
केही दिन अघि भुसाल र शर्माले समाजवादी मोर्चाका संयोजक तथा नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ सँग समेत छुट्टा/छुट्टै भेटवार्ता गरेका थिए ।
