धनगढी । डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चाैडीका लागि छुटेको ना ८ ख १०७८ नम्बरको बस डडेल्धुराको अमरगढी नगरपालिका-७, खसरेखानमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी अन्दाजी २६ वर्षीया कमला बोहरा, उनका दुई दिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता उपेन्द्रबहादुर बमले जानकारी दिए ।
दुर्घटनामा घाइते भएकाहरुको डडेल्धुरा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
