शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

अन्तर- व्यवस्थापिका संघ

अन्तर-व्यवस्थापिका संघको महासभामा अध्यक्ष दाहालले आज सम्बोधन गर्ने

अन्तर-व्यवस्थापिका संघको महासभामा अध्यक्ष दाहालले आज सम्बोधन गर्ने

महासभामा अध्यक्ष दाहालले 'शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग' विषयमा नेपालको तर्फबाट सम्बोधन गर्ने

सोमबार, असोज २८ २०८१
सोमबार, असोज २८ २०८१
  • काठमाडौं । स्वीट्जरल्याण्डको जेनेभा जारी अन्तर-व्यवस्थापिका संघ (आइपीयू) को १४९ औँ महासभालाई राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले आज सम्बोधन गर्ने भएका छन् ।

    महासभालाई नेपाली समय अनुसार आज (सोमबार) बेलुकी ७ बजेपछि राष्ट्रिय सभा अध्यक्ष दाहालले सम्बोधन गर्ने तालिका रहेको छ। महासभामा अध्यक्ष दाहालले 'शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग' विषयमा नेपालको तर्फबाट सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।

    स्वीट्जरल्यान्डको जेनेभामा हिजोदेखि शुरु भएको आइपीयूको १४९ औं महासभामा अध्यक्ष दाहालको नेतृत्वमा प्रतिनिधि सभा सदस्यहरू सुनिता बराल र निशा डाँगी तथा राष्ट्रिय सभा सदस्यहरू तारामान स्वाँर र कृष्णप्रसाद पौडेल सहभागी भएका छन् ।

    त्यसैगरि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, संघीय संसद् सचिवालयका सहसचिव सीता वाग्ले काफ्ले, अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव विष्णुप्रसाद सापकोटा र निजी सचिव उपसचिव नमराज नगरकोटी पनि प्रतिनिधिमण्डलमा छन् ।

    सचिवालयका अनुसार अध्यक्ष दाहालले महासभामा सहभागी विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल एवं अन्तर-व्यवस्थापिका संघ तथा सचिवालयका पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। नेपाली प्रतिनिधिमण्डल कार्तिक ३ गते स्वदेश फर्किनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार