शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेनमा डा. यादव 

राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेनमा डा. यादव 

स्वास्थ तथा जनसंख्या मन्त्री उपेन्द्र कुमार यादवले ट्रमा सेन्टरको मेसु परिवर्तन गरेका हुन् ।

बागीपाेस्ट संवाददाता
शुक्रबार, वैशाख ७ २०८१

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन (मेसु) को जिम्मेवारी डा. प्रमोद कुमार यादवले पाएका छन् । 

स्वास्थ तथा जनसंख्या मन्त्री उपेन्द्र कुमार यादवले ट्रमा सेन्टरको मेसु परिवर्तन गरेका हुन् । बिहिवार मन्त्रीस्तरीय निर्णयबाट डा. यादवलाई निमित्त मेसुको जिम्मेवारी दिइएको हो । 

डा. यादव दशौं तहका हुन् । यसअघिका एघारौं तहका मेसु डा. बद्री रिजाललाई भने ट्रमा सेन्टरमा साविक बमोजिमको पदमा रहेर कामकाज गर्ने गरी जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
images
images
लोकप्रीय
सम्बन्धित समाचार