तनहुँ । तनहुँमामा माइक्रो बसको ठक्करबाट एक प्रहरी हवल्दारको मृत्यु भएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत आबुखैरेनी– २ ढारपाटामा सोमबार बिहान गण्डकी एओओ १५ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको माइक्रोबसले ठक्कर दिएको थियो । माइक्रो बसको ठक्करबाट मोटरसाइकलमा सवार ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हल्दार नहर्कीको स्थायी घर गोरखा रहेको र उनी गोरखाबाट पोखरातर्फ जाँदै गरेको अवस्थामा उनलाई तनहुँको आबुखैरेनीमा माइक्रो बसले ठक्कर दिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए ।
प्रहरीका अनुसार माइक्रोको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि आँबुखैरेनी अस्पताल पु¥याइएको थियो । उनको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको हो ।
माइक्रो बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
