तनहुँ । तनहुँमा नदीले बगाएर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको ब्यास नगरपालिका– ६ श्याम्घास्थित मादी नदीमा नुहाउने क्रममा नवलपुरको गैँडाकोट गनरपालिका– २ बस्ने ४० वर्षीय नारायण पोखरेलको नदीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार नदीले बगाएको स्थानदेखि एक किलोमिटर तल पोखरेलको शव फेला परेको हो । दशैंमा ससुराली आएका पोखरेललाई नुहाउने क्रममा नदीले बगाएको हो ।
नुहाउन गएका पोखरेल बेपत्ता भएपछि स्थानीयवासी र प्रहरीले खोजतलास गरी उनको शवको उद्धार गरिएको हो ।
