काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी इटालीको राजधानी रोम प्रस्थान गरेका छन् ।
संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको आयोजनामा हुने विश्व खाद्य मञ्चको बैठकमा भाग लिन मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारीसहितको प्रतिनिधिमण्डल आइतबार इटालीको राजधानी रोमतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।
सोमबारदेखि सुरु हुने उक्त मञ्चको बैठक १८ अक्टोबरसम्म सञ्चालन हुने जनाइएको छ । नेपाली प्रतिनिधिमण्डलले खाद्य सुरक्षा र खाद्य स्वच्छताको क्षेत्रमा गरेका कामका विषय मञ्चको बैठकमा प्रस्तुत गर्ने जनाइएको छ ।
