काठमाडौं । मान्यजनबाट टीका र जमरा लगाएर आज दशैं मनाइँदैछ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटलाई तोकिदिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।
टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ । समितिका अनुसार अमेरिका, क्यानडामा अक्टोबर १२ तारिकमा टीकाको शुभ साइत जुरेको छ ।
जसमध्ये अमेरिकाको न्युयोर्क सहरमा प्रातः १० बजेर १ मिनेटमा, फ्र्याङ्कफर्ट केन्टुकीमा १०ः३१ मिनेटमा, वोवेन्सवोरो केन्टुकीमा ९ः४५ मिनेटमा, टेक्सासमा १०ः०५ मिनेटमा, वासिङ्गटन डिसीमा ९ः५५ मिनेट र क्यालिफोर्नियामा ९ः३९ मा टीकाको शुभसाइत जुरेको छ ।
