धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले शपथ लिएका छन् ।
मुख्यमन्त्री नियुक्त भए लगत्तै प्रदेश प्रमुख नाजिर मियाँले सोडारीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
सोडारी नेकपा (एकीकृत समाजवादी) सहित नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता पक्षका सांसदहरुको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
