शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

विजया दशमी

राष्ट्रपतिले सर्वसाधारणलाई दशैंको टीका लगाईदिने

राष्ट्रपतिले सर्वसाधारणलाई दशैंको टीका लगाईदिने

टीक लगाउन आउँदा मर्यादिन पोशाक लगाउन भनिएको छ भने टीका थाप्न आउनेका लागि प्रवेशद्वार नं. १ मा व्यवस्था मिलाइएको जनाइएको

मंगलबार, असोज २२ २०८१
मंगलबार, असोज २२ २०८१
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस पालिको दशैंमा पनि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । 

    असोज २६ गते (शनिबार) विजया दशमीका दिन राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा राष्ट्रपति पौडेलले सर्वसाधारणलाई टीका लगाइदिने राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

    राष्ट्रपति कार्यालयका सह प्रवक्ता वसन्त प्रसाद पन्थीका अनुसार अपरान्ह ३ः०० बजे देखि ३ः३० बजे सम्म इच्छुक सम्माननीयहरु, उपप्रधानमन्त्रीहरु तथा मन्त्रीहरु, प्रदेश प्रमुखहरु, न्यायाधीशहरु संघीय संसदका सदस्यहरु, संवैधानिक निकायका पदाधिकारीहरु एवम् विशिष्ट महानुभावहरू तथा निजामति, जंगी, प्रहरी तर्फका अधिकृत स्तर सम्मका राष्ट्रसेवकहरूलाई राष्ट्रपतिले टीका लगाइदिने कार्यक्रम रहेको छ । 

    त्यस्तै गरी अपरान्ह ३ः३० बजे देखि ५ः०० बजे सम्म इच्छुक सर्वसाधारणहरूलाई टीका लगाइदिने कार्यक्रम रहेको छ । टीक लगाउन आउँदा मर्यादिन पोशाक लगाउन भनिएको छ भने टीका थाप्न आउनेका लागि प्रवेशद्वार नं. १ मा व्यवस्था मिलाइएको जनाइएको छ । 

    Scan_20241008-4-scaled.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार