काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मुस्लिम आयोग र थारू आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ ।
शुक्रबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित छुट्टाछुट्टै समारोहमा मुस्लिम आयोग र थारू आयोगका अध्यक्षहरू क्रमशः समिम मियाँ अन्सारी र विष्णुप्रसाद चौधरीले आ–आफ्नो आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष पेश गरेका हुन् ।
अध्यक्षद्धय अन्सार र चौधरीले आ–आफ्नो आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यस अघि लोकसेवा आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्षले पनि आ–आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेका थिए ।
