शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

धर्म/संस्कृति

राष्ट्रपति पौडेलले गरे दक्षिणकाली मन्दिरमा पूजाअर्चना

राष्ट्रपति पौडेलले गरे दक्षिणकाली मन्दिरमा पूजाअर्चना

पौडेलले आज बिहान दक्षिणकाली मन्दिरमा गएर पूजाअर्चना गर्नुको साथै पूजारीबाट टीकाप्रसाद ग्रहण गरेका हुन ।

बागीपाेस्ट संवाददाता
सोमबार, असोज २१ २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन् ।

राष्ट्रपति पौडेलले आज बिहान दक्षिणकाली मन्दिरमा गएर पूजाअर्चना गर्नुको साथै पूजारीबाट टीकाप्रसाद ग्रहण गरेका हुन ।

उक्त अवसरमा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको बाढीले पारेको क्षतिको विवरण प्रस्तुत गर्दै पीडितलाई राहत तथा मन्दिर क्षेत्रको पुनःनिर्माणमा सहयोगका लागि आग्रह गरे । साथै काठमाडौं मकवानपुरको सडक छिटो पुनःनिर्माण गरी निर्वाध यातायात सञ्चालन हुनुपर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले बाढी पहिरोले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै मन्दिर क्षेत्र र सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराउने बताए ।

प्रतिक्रिया दिनुहोस्
images
images
लोकप्रीय
सम्बन्धित समाचार