शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

बीपी राजमार्ग

बीपी राजमार्ग दशैंअघि खुल्ने सम्भावना छैन : भौतिक मन्त्रालय

बीपी राजमार्ग दशैंअघि खुल्ने सम्भावना छैन : भौतिक मन्त्रालय

भारी वर्षाका कारण देशभरका ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गई सडक अवरुद्ध

बिहीबार , असोज १७ २०८१
बिहीबार , असोज १७ २०८१
  • काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढी/पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग दशैं अगाडी खुल्ने सम्भावना नरहेको जनाएको छ । 

    बिहिवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशव कुमार शर्माले अवरुद्ध भएको बीपी राजमार्ग दशैंअगाडी सञ्चालनमा ल्याउन नसकिने बताए । उनले मन्त्रालयको टोलीले स्थलगत अवलोकन समेत गरेको आएको र दशैं अगाडी खुलाउने सम्भावना नरहेको बताए । 

    पत्रकार सम्मेलनमा सचिव शर्माले भने, “बीपी राजमार्गको अवस्था हेर्दा खेरी दशैं अगाडी त्यो खुल्ने सम्भावना रहेको छैन् । हामी त्यो निष्कर्षमा पुग्यौं । काम निरन्तर गछौं, किनकी त्यहाँ गाडीहरु रहेका छन् । गाडीको स्टाफहरुले कुरिरहनु भएको छ । सकेसम्म हामी प्रयास गर्छाैं दशैं अगाडी अड्कीएका गाडीहरु ल्याउने प्रयास गर्छाै । त्यो उद्धार हुन्छ । सार्वजनिक गाडी छोड्ने गरी नै गर्न सकिने अवस्था हामी देख्दैनौं । किनकी धेरै ठाउँमा सडक बिग्रीएको छ ।”

    असोज ११ र १२ गतेको भारी वर्षाका कारण देशभरका ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएको सचिव शर्माले जानकारी गराए । त्यसमध्ये ७४४ स्थानको पहिरो हटाएर १९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति परिचालन गरी यातायात सुचारु गरिसकिएको उनले बताए । 

    हाल ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालन गर्ने प्रयास जारी राखिएको उनले बताए। हालसम्मको प्रारम्भिक अनुमान अनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र साढे २ देखि ३ अर्ब लाग्ने देखिएको उनले जानकारी दिए। 

    त्यस्तै क्षति भएका सम्पूर्ण संरचना स्थायी रूपमा पुनःस्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको उनको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार