आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

इरान–इजरायल तनाव

इरानद्धारा इजराइलमा मिसाइलको वर्षा 

इरानद्धारा इजराइलमा मिसाइलको वर्षा 

सार्वजनिक भिडियोमा सडकमा हिडिरहेका एक व्यक्ति आक्रमणको चपेटामा परेको देख्न सकिन्छ ।

बुधबार, असोज १६ २०८१
बुधबार, असोज १६ २०८१
  • काठमाडौं । इरानले इजरायलमाथि मिसाइल आक्रमण गरिरहेको छ । 

    मंगलबार इरानले इजरायली भू–भागमा  एक सय ८१ भन्दा बढी मिसाइल प्रहार गरेको जनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले मंगलबार इरानले इजरायलमाथि गरेको मिसाइल आक्रमण अहिले सम्मकै ठूलो भएको उल्लेख गरेका छन् । 

    मंगलबार साँझ इरानले इजरायलको राधानी जेरुसेलम लगायतका शहरहरुमा लगातार मिसाइल आक्रमण गरेको थियो । आक्रमणका कारण हाताहाती भएको विवरण भने सार्वजनिक नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

    इजरायलको विदेश मन्त्रालयले एक सन्देश जारी गर्दै इरानले मंगलबार साँझ १ सय ८१ ब्यालेस्टिक मिसाइल प्रहार गरेको र त्यसबाट एक प्यालेस्टीनी नागरिकको मृत्यु भएको जनाएको छ । इजरायलले एक भिडियो पोस्ट पनि जारी गरेको छ, जसमा सडकमा हिडिरहेका एक व्यक्ति आक्रमणको चपेटामा परेको देख्न सकिन्छ । 

    इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले एक विज्ञप्तिमा आईआरजीसीका एक शीर्ष कमाण्डर र इरान समर्थित मिलिसिया समूहका नेताहरूको हत्याको जवाफमा आक्रमणहरू गरिएको बताएको छ।

    विज्ञप्तिमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाह र आईआरजीसी कमाण्डर अब्बास निलफोरोशनको बेरुतमा मृत्यु भएको उल्लेख गरिएको छ।

    विज्ञप्तिमा जुलाई महिनामा तेहरानमा हमासको राजनीतिक शाखाका प्रमुख इस्माइल हानियाको मृत्यु भएको पनि उल्लेख छ। इजरायलले हानियाको मृत्युको जिम्मेवारी लिएको छैन, तर यसको पछाडि इजरायलको हात रहेको विश्वास गरिन्छ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार