सोमबार, असोज १९ गते २०८३    

सोमबार, असोज १९ गते २०८३    

मन्त्रीपरिषद् बैठक

बाढी पहिरोमा ज्यान गुमाएकाका परिवारलाई २ लाख दिने सरकारको निर्णय 

बाढी पहिरोमा ज्यान गुमाएकाका परिवारलाई २ लाख दिने सरकारको निर्णय 

यस्तै सरकारले मृतकहरुको सम्झनामा तीन दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ

सोमबार, असोज १४ २०८१
सोमबार, असोज १४ २०८१
  • काठमाडौं । सरकारले बाढी/पहिरोमा परेर ज्यान गुमाएकाहरुका परिवारलाई जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको छ । 

    प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणबाट फर्किए लगत्तै बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले मृतकका परिवारलाई जनही २ लाख दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

    उनका अनुसार प्राकृतिक विपत्तीका कारण १० दिन सम्म बेपत्ता रहेका सदस्यलाई मृतककै रुपमा मानेर परिवारलाई २ लाख रुपैयाँ राहात दिने निर्णय गरेको उनले बताए । 

    यस्तै सरकारले मृतकहरुको सम्झनामा तीन दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । उक्त तीन दिन राष्ट्रिय झण्डा आधा झुकाउने पनि बैठकले निर्णय गरेको छ । 

     
     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार