शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

बेपत्ता 

एन्फाको क्याम्पमा बसेका ६ खेलाडी बेपत्ता 

एन्फाको क्याम्पमा बसेका ६ खेलाडी बेपत्ता 

बेपत्ता हुने विद्यार्थीहरुमा मकवानपुरका अनुप घलान, सुमन योन्जन, दिवस बाँनिया, काठमाडौंका रियान्स आचार्य, सर्लाहीकी आदित्य बलम्पाकी र निजगढका विकल रेग्मी रहेका

शनिबार, असोज १२ २०८१
शनिबार, असोज १२ २०८१
  • हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३ स्थित सिस्नेरीमा सञ्चालन गरेको एकेडेमीमा रहेका ६ जना खेलाडी सम्पर्कविहिन भएका छन् । 

    स्थानीय वत्सला माविमा होस्टेलसहित आवासीय व्यवस्था गरी दैनिक प्रशिक्षणमा राखिएका ३७ मध्ये ६ जना खेलाडी सम्पर्कबिहिन भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । प्रहरीका अनुसार बिहिवारदेखि परेको अविरल वर्षाका कारण शुक्रबार कुलेखानीको ड्याम खोल्ने जानकारी पाएका उनीहरु बगाउने डरले सुरक्षाकर्मीलाई छलेर  भागेका थिए । 

    एन्फा केन्द्रीय सदस्य टिकाराम लामाका अनुसार बेपत्ता हुने विद्यार्थीहरुमा मकवानपुरका अनुप घलान, सुमन योन्जन, दिवस बाँनिया, काठमाडौंका रियान्स आचार्य, सर्लाहीकी आदित्य बलम्पाकी र निजगढका विकल रेग्मी रहेका छन् । 

    बेपत्ता भएकाहरुको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार