काठमाडौं । टुँडिखेलमा विशेष समारोहको आयोजना गरी संविधान दिवस मनाइएको छ ।
बिहिवार विहान सरकारले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरी राष्ट्रिय दिवस मनाएको हो । आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी हर्षोल्लासका साथ राष्ट्रिय दिवस मनाइँदैछ ।
संविधान दिवस आयोजनाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा मूल समारोह समिति बनेको थियो । उक्त समितिको आयोजनामा आज बिहान टुँडिखेलमा भएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
समारोहमा नेपाली सेनाले राष्ट्रपति पौडेललाई सम्मान स्वरुप गार्ड अफ अनर प्रदान गरेको थियो । नेपाल प्रहरी र नेपाली सेनाले भिन्नि कलाकौशल प्रस्तुत गरेका थिए । सेनाको हेलिकप्टरबाट पुष्पविष्टी समेत गरिएको थियो ।
नेपाली जनताको लामो संघर्ष, त्याग, तपस्या, बलिदान र जनआन्दोलनको उपलब्धिबाट गठन भएको संविधानसभाबाट विं. सं. २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो ।
संविधान दिवसको अवसरमा देशभर दिपावली गरी भव्यताका साथ मनाउन सरकारले अपिल गरेको छ ।

