शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

पार्टी घोषणा 

राजेन्द्र महतोले घोषणा गरे ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ पार्टी

राजेन्द्र महतोले घोषणा गरे ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ पार्टी

लोसपा परित्या गरेपछि महतोले गत फागुन १४ गतेदेखि राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामक अभियान सञ्चालन गरेका

मंगलबार, असोज १ २०८१
मंगलबार, असोज १ २०८१
  • काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका पूर्वमन्त्री राजेन्द्र महतोले नयाँ पार्टीको घोषणा गरेका छन् । 

    महतोले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ नामक पार्टीको घोषणा गरेका हुन् । लोसपा परित्या गरेपछि महतोले गत फागुन १४ गतेदेखि राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामक अभियान सञ्चालन गरेका थिए । 

    उक्त अभियानमार्फत भ्रष्टाचार लगायत विषयमा प्रदर्शन गर्दै आइरहेको अभियानको मंगलबार काठमाडौंमा बसेको राष्ट्रिय समितिको बैठकले राजेन्द्र महतोको अध्यक्षमा पार्टी घोषणा गर्ने निर्णय गरेको हो । पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महतोले केही समयभित्रै आफूहरुले ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने बताए । 

    हाल पार्टीका पदाधिकारी र संरचनाको विषयमा टुंगो नलागेको र पदाधिकारी र संरचनाबारे टुंगो लागेपछि निर्वाचन आयोगमा दल दर्ता गरिने जनाइएको छ । राष्ट्रिय समितिको बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउन सबै अधिकार ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ का अध्यक्ष राजेन्द्र महतोलाई दिने निर्णय गरेको छ । 

    “देशको विद्यमान सबै प्रकारका विभेद, असमानता, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार, कुसंस्कार, कुसंस्कृतिबाट देशलाई मुक्ति दिलाई देशका सबै पहिचान, वर्ग, समूदाय, धर्म, जातजाति, क्षेत्र, लिङ्गका जनतालाई अधिकार, पहिचान, स्वाभिमान, स्वशासन, सुशासन, समृद्धि, सामाजिक न्याय तथा सभ्याता र संस्कृतिको रक्षाको निमित्त हिमाल, पहाड, तराई मधेशका जनता अब सँगै मिली एकताबद्ध भई राष्ट्रिय मुक्ति क्रान्ति गर्नु अपरिहार्य भएको छ,” पार्टी घोषणा पश्चात् अध्यक्ष महतोद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    Screenshot (81).png

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार