काठमाडौं । उपसभामुख इन्दिरा रानामगर रुसको औपचारिक भ्रमणको लागि रुस प्रस्थान गरेकी छन् ।
राना आज बिहान फ्लाई दुबईको उडानमार्फत रुस भ्रमणमा निस्किएकी हुन् । भोलीदेखि रुसको सेन्ट पिटर्सबर्गमा आयोजना हुने एक कार्यक्रममा भाग लिनको लागि उपसभामुख राना त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
उपसभामुख राना रुसमा सेप्टेम्बर १८ देखि २० सम्म आयोजना हुने चौथो यूरेसियम महिला फोरममा सहभागी हुने कार्यक्रम रहेको छ । रुसको औपचारिक भ्रमणपछि राना असोज ५ गते स्वदेश फर्किनेछिन् ।
