शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

उपसभामुख विवाद प्रकरण

उपसभामुखलाई गलत नियतका साथ हटाउन खोजिदैँछ : सिके राउत

उपसभामुखलाई गलत नियतका साथ हटाउन खोजिदैँछ : सिके राउत

अध्यक्ष राउतले उपसभामुखलाई हटाए लोकतन्त्रको मान मर्यादा नरहने बताए । 

बुधबार, भदौ २६ २०८१
बुधबार, भदौ २६ २०८१
  • काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले उपसभामुखलाई गलत नियतले हटाउन खोजिएको बताएका छन् । 

    सरकारले संवैधानिक परिषद्मा आफ्नो बहुमत पु¥याउनको लागि उपसभामुख इन्दिरा राना मगरलाई हटाउन लागेको अध्यक्ष राउतले बताए । आफ्ना मानिसहरुलाई नियुक्त गर्नको लागि गलत नियतका साथ उपसभामुखलाई हटाउने प्रयास गरिएको राउतले बताए । 

    उनले भने, “संवैधानिक परिषद्मा बहुमत पु¥याउनका लागि गलत नियतका साथ उपसभामुखलाई हटाउन खोजिएको छ । अहिले आदि–आदि भयो तीन तीन सिट भएपछि त्यहाँबाट आफ्ना मान्छेलाई नियुक्ति गर्नको लागि गाह्रो भयो भनेर हटाउनका लागि यो भैरहेको छ । जुन गलत नियतका साथ हुन्छ । त्यो पक्कै पनि गलत नै हुन्छ ।”

    अध्यक्ष राउतले वर्तमान सरकार र प्रतिनिधिसभा साना दलहरुलाई खसरी सखाप पार्न सकिन्छ भन्नेमा केन्द्रीत रहेको आरोप लगाए । 

    उपसभामुख राना एकदम प्रतिष्ठित र योग्य व्यक्तित्व हुनुहुन्छ भन्ने आफूलाई लागेको भन्दै अध्यक्ष राउतले उपसभामुखलाई हटाए लोकतन्त्रको मान मर्यादा नरहने बताए । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार