काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग गरेको छ ।
बुधवार बसेको कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठले उपसभामुख रानाले असम्बन्धित व्यक्तिहरुको भिसाका लागि अमेरिकी दूतावासलाई पत्र लेखेर उनले अनुचित काम गरेको ठहर गरेको छ ।
सबै प्रकियामा जानु भन्दा अगाडी नै आफूहरुको चाहना उपसभामुखले बहिर्गमनको बाटो रोज्नु रहेको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताए । उनले भने, “हाम्रो चाहना उहाँले बहिर्गमनको बाटो रोज्नु राम्रो हो ।”
उसभामुख रानाले केही समय अगाडी राष्ट्रसंघको सभामा सहभागी हुन पाँच जनाको अन्तरवार्ता आगाडी सारिदिन आग्रह गर्दै अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । उपसभामुख रानाले लेखेको उक्त पत्र सार्वजनिक भएपछि उनी विवादमा तानिएकी थिइन् ।
उपसभामुख रानाको विषयले प्रतिनिधिसभामा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरु उनको पक्ष र विपक्षमा विभाजन भएका छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा पनि उपसभामुख रानाको विषयले प्रवेश पाएको थियो ।
