आइतबार, भदौ १४ गते २०८३    

आइतबार, भदौ १४ गते २०८३    

राजनीति

हत्या आरोपी मन्त्री कुर्मी र फरार सांसद केसीलाई कारबाहीको मागसहित भ्रष्टाचारविरुद्ध नेकपा (बहुमत) को विरोध प्रदर्शन

हत्या आरोपी मन्त्री कुर्मी र फरार सांसद केसीलाई कारबाहीको मागसहित भ्रष्टाचारविरुद्ध नेकपा (बहुमत) को विरोध प्रदर्शन

नेकपा (बहुमत) ले भदौ ११ गते काठमाडौंमा पत्रकार सम्मेलन गरी चरणबद्ध भ्रष्टाचारविरुद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको थियो ।

आइतबार, भदौ १६ २०८१
आइतबार, भदौ १६ २०८१
  • काठमाडौं । नेपाल कम्युनिष्ठ पार्टी (बहुमत) को लुम्बिनी प्रदेश कमिटीले भ्रष्टाचारविरुद्ध जन प्रदर्शन गरेको छ ।

    नेकपा बहुमत लुम्बिनी प्रदेश कमिटीले भ्रष्टाचार विरूद्व जनएकता अभियान अन्तर्गत आइतबार लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा हत्या आरोपी मन्त्री बादशाह कुर्मी र फरार सांसद धनबहादुर केसीलाई बर्खास्तीको मागसहित जन प्रदर्शन गरेको हो ।

    जन प्रदर्शन सभालाई सम्बोधन गर्दै नेकपा बहुमतका केन्द्रीय सदस्य निर्मल राईले बाँकेकी निर्मला कुर्मीलाई वेपत्ता बानाएर हत्या गरेको जस्तो गम्भीर अपराधको मुख्य आरोपि वन तथा वातावरण मन्त्री बादसाह कुर्मी र श्रीमती सँगको अंश मुद्दामा किर्ते गरेको अभियोगमा साविक रूकुम जिल्ला अदालतबाट दोषी ठहर भई एक वर्ष कैद र दुई हजार जरिवाना भई फरार रहेका प्रदेश सांसद धनबहादुर केसीलाई कडा कारवाही सँगै पदबाट बर्खास्त गर्नु पर्ने बताए।

    दिनप्रतिदिन आम नागरिकहरूको जीवन स्तर झन कहालीलाग्दो बन्दै गइरहेको उल्लेख गर्दै केन्द्रीय सदस्य राईले यो सवै हुनुमा वर्तमान सरकार जिम्मेवार रहेको भन्दै देशमा बढ्दो भ्रष्टाचार नियन्त्रण प्रदेश सरकारको ध्यान आकर्षण समेत गराएका थिए । जन प्रदर्शन सभालाई केन्द्रीय सदस्य राईसहित केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज नरेन्द्र विश्वकर्मा 'चे', प्रदेश इन्चार्ज तिलक पुन र केन्द्रीय सदस्य रेखा खनाल लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

    नेकपा (बहुमत) ले जनप्रदर्शन गर्नु अगाडि भ्रष्टाचार नियन्त्रणसहित मन्त्री कुर्मी र सांसद केसीलाई बर्खास्त गरि कारबाही गर्नुपर्ने लगायतका मागहरु राखेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र समेत बुझाएको थियो ।

    "सांसद मन्त्रीका कर्तुत झनै हेरि नसक्नु, सुनी नसक्नु छन । चोर अपराधी दलाल तस्कर माफिया खोज्न अब संसदभवन छिर्न पर्छ कि जस्तो हुन गएको छ । हत्कडी लगाउने बेला हद म्यादको कुरा ल्याएर भ्रष्टाचार पनि गर्दिन गर्न पनि दिन्न भन्नेको कन्दनी खुस्केको छ । 'नेपालको कानुन दैवले जानुन' 'साना लाई ऐन ठुलालाइ चैन' भएको मात्र छैन कानुन भनेको माकुराको जालो हो, त्यसमा सानातिना किराफट्याङग्रा अड्किन्छन्। ठूलाले सहजै तोडेर उम्कन्छन्।’ यथार्थ तितो सत्यका रुपमा जगजाहेर छ । राज्यका संयन्त्र पनि सत्ताका रापतापका अगाडी निरही हुने विडम्बना पनि उस्तै छ," नेकपा (बहुमत) ले मुख्यमन्त्री आचार्यलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

    नेकपा (बहुमत) ले भदौ ११ गते काठमाडौंमा पत्रकार सम्मेलन गरी भ्रष्टाचारविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको थियो ।

    IMG-20240901-WA0004.jpg

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार