काठमाडौं । जुम्लाको लामाचौर पाटनमा चट्याङ लागेर ५६ भेडा मरेका छन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी छेदीलाल कमातीका अनुसार गए राती परेको चट्याङ लागेर तातोपानी गाउँपालिका– २ स्थित लामाचौर पाटनमा ५६ वटा भेडा मरेका हुन् ।
स्थानीयले दिएको जानकारी अनुसार ५६ भेडा मरेको र घटनास्थलमा प्रहरी टोली गएको डिएसपी कमातीले जानकारी दिए । उनका अनुसार घटनाको पूरा विवरण भने आइसकेको छैन् । चट्याङ लागेर पतरासी– २ डल्फीनका ६ जना किसानका भेडा मरेका हुन् ।
प्रहरी टोली बिहानै घटनास्थल तर्फ प्रस्थान गरे पनि भौगोलिक विकटताका कारण प्रहरी टोली अझै सम्म घटनास्थल पुग्न सकेको छैन् । प्रहरी टोली घटनास्थल पुगेपछि यस विषयमा पूरा जानकारी आउने डिएसपी कमातीले बताए ।
