एजेन्सी । नेपाली विद्यार्थी मुना पाण्डेको हत्या प्रकरणमा अमेरिकामा एक जना पक्राउ परेका छन् ।
अमेरिकाको अमेरिकाको ह्युष्टन प्रहरी विभागले एक पुरुषलाई पक्राउ गरेको हो । अधिकारीहरुले यस अघि मामिलामा सन्दिग्धको सर्भिलेन्स क्यामेराले खिचेको तस्बीर सार्वजनिक गरेका थिए । पक्राउ परेका व्यक्ति त्यही व्यक्ति हुन की होइन भन्ने चाही स्पष्ट खुलाइएको छैन् ।
दुई दिन अघि दक्षिण पश्चिम ह्युष्टनको एक अपार्टमेन्टमा २१ वर्षीया मुना मृत अवस्थामा फेला परेकी थिएन् । उनीमाथि गोली प्रहार भएको थियो । सोही अपार्टमेन्टबाट बाहिरिएको अवस्थामा ती पुरुषको तस्बीर सर्भिलेन्स क्यामरामा कैद भएको थियो ।
मुना नेपालको भोजुरको स्थायी बासिन्दा हुन् । उनी २०२१ मा नर्सिङ अध्यानका लागि अमेरिका गएकी थिइन् ।
