काठमाडौं । ओमानका विदेशमन्त्री साइद बदर बिन हमिद हामोद आल्बुसाइदी नेपाल भ्रमणमा आएका छन् ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणमा विदेशमन्त्री आल्बुसाइदी नेपाल भ्रमणमा आएका परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी केही बेर अघि नेपाल आइपुगेका हुन् ।
नेपाल भ्रमणका क्रममा उनले परराष्ट्रमन्त्री राणासहित राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
