शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सहकारी ठगी प्रकरण

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुज नकर्मी कारागार चलान

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुज नकर्मी कारागार चलान

यो सहकारी ठगी प्रकरणमा पहिले १९ जनासहित अहिले पक्राउ पुर्जी जारी हुनेमा ४४ जना पुगेका छन् ।

बुधबार, भदौ ५ २०८१
बुधबार, भदौ ५ २०८१
  • पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका पूर्व सचिवसमेत रहेका अनुज नकर्मी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

    भदौ २ गते काठमाडौंको दक्षिणकालीबाट पक्राउ परेका नकर्मीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको हो ।

    जिल्ला अदालत कास्कीका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले नकर्मीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । दक्षिणकालीबाट पक्राउ परेका ४८ वर्षीय नकर्मीलाई आइतबार कास्की अदालतमा उपस्थित गराइएको थियो ।

    गितेन्द्रबाबु (जीवी) राईको नेतृत्वमा खुलेको पोखराको सूर्यदर्शन सहकारीबाट जीवीसहित १ अर्ब ३५ करोड रुपैयाँ ठगी भएको उल्लेख गरिए पनि सरकारी वकिलको कार्यालयले जिल्ला अदातलमा दर्ता गरेको मुद्धामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालालाई दिलाउन माग गरिएको छ । ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

    यो सहकारी ठगी प्रकरणमा पहिले १९ जनासहित अहिले पक्राउ पुर्जी जारी हुनेमा ४४ जना पुगेका छन् । अहिले सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), पूर्व सञ्चालक प्रमोद भट्टराई, भविश्वर अर्याल थुनामा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार