काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको आफ्नो भेट फलदायी भएको दाबी गरेकी छन् ।
चार दिने भारतको औपचारिक भ्रमणमा रहेकी मन्त्री राणाले समकक्षी एस जयशंकरसँगको भेटपछि सामाजिक सञ्जालमा तस्बीर सेयर गर्दै यस्तो दाबी गरेकी हुन् । आफ्नो यस भ्रमणबाट सदियौँ पुरानो नेपाल–भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा लिएको मन्त्री राणाको भनाई रहेको छ ।
समकक्षी जयशंकरसँगके भेटमा द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको उनले जानकारी दिएकी छन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, “भारतीय विदेशमन्त्री श्री एस. जयशङ्करसँग आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भयो। यस भ्रमणबाट सदियौँ पुरानो नेपाल भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा मैले गरेको छु।”
