काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ ।
भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजुले आज भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी हुन् । भेटमा दुई पक्षीय हितका विषयमा छलफल हुनुको साथै दुई देशबीचको सम्बन्ध बारे छलफल भएको जनाइएको छ ।
भ्रमणका क्रममा आरजुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि आज भेटवार्ता गर्ने कार्यसूची रहेको छ । त्यस क्रममा आरजुले मोदीलाई नेपाल भ्रमणका निम्ता समेत दिने स्रोतको भनाई छ ।
परराष्ट्रमन्त्री भएपछि आरजुको यो पहिलो विदेश भ्रमण हो ।
