काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा छिमेकी मुलुक भारतको औपचारिक भ्रमणका लागि दिल्ली प्रस्थान गरेकी छिन् ।
भारतीय समकक्षी एवम् विदेशमन्त्री एस जयशंकरको निमन्त्राणामा मन्त्री राणा आइतबार दिल्ली प्रस्थान गरेकी हुन् । उनी परराष्ट्रमन्त्री भएपछिको यो पहिलो विदेश भ्रमण हो ।
मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल लगायतका परराष्ट्रमन्त्रालयका वरिष्ठ अधिकारीहरुले बिदाई गरेका थिए । भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग द्धिपक्षीय भेटवार्ता गर्नेछिन् ।
भेटमा दुई पक्षीय हितका विषयमा छलफल हुनुको साथै दुई देशबीचको सम्बन्ध बारे कुरा हुने जनाइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री राणा बिहिवार नेपाल फर्किने छिन् ।
