शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

भ्रमण

परराष्ट्रमन्त्री आरजु राणा भोलि भारत भ्रमणमा जाने 

परराष्ट्रमन्त्री आरजु राणा भोलि भारत भ्रमणमा जाने 

नेपालमा कांग्रेस–एमाले गठबन्धनको सरकार गठन भएपछिको नेपालका तर्फबाट हुन लागेको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।

शनिबार, भदौ १ २०८१
शनिबार, भदौ १ २०८१
  • काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा भोलि छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाने भएकी छन् । 

    मन्त्री राणा भोली चार दिने भारत भ्रमणमा जाने परराष्ट्रमन्त्रालयले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ । भारतीय समकक्षी एवम् विदेशमन्त्री एस जयशंकरको निमन्त्राणामा मन्त्री राणा भारतको भ्रमणमा जान लागेकी हुन् । 

    भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग द्धिपक्षीय भेटवार्ता गर्नेछिन् । भेटमा दुई पक्षीय हितका विषयमा छलफल हुनुको साथै दुई देशबीचको सम्बन्ध बारे कुरा हुने जनाइएको छ । 

    नेपालमा कांग्रेस–एमाले गठबन्धनको सरकार गठन भएपछिको नेपालका तर्फबाट हुन लागेको यो पहिलो औपचारिक विदेश भ्रमण हो । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री राणा बिहिवार नेपाल फर्किने छिन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार