शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

बाढी/पहिरो

हिमताल फुटेर थामेमा बाढी आएको पुष्टि

हिमताल फुटेर थामेमा बाढी आएको पुष्टि

निरीक्षण पछि टासिलाप्चा बेसक्याम्प नजिकै रहेका ताल फुटेर बाढी आएको पुष्टि भएको हो।

शनिबार, भदौ १ २०८१
शनिबार, भदौ १ २०८१
  • काठमाडौं । सोलुखुम्बुमा आएको लेदोसहितको बाढी हिमताल फुटेर आएको पुष्टि भएको छ।

    शुक्रबार दिउँसो खुम्बु पासाङल्हामु गाउॅपालिका वडा नं. ५ थामेमा आएको लेदोसहितको बाढी हिमताल फुटेका कारण आएको पुष्टि भएको हो।

    पालिकाले सामाजिक सञ्जालमा हेलिकप्टरमार्फत निरीक्षण गरेको भिडिओ प्रसारण गरेको छ। उक्त निरीक्षण पछि टासिलाप्चा बेसक्याम्प नजिकै रहेका ताल फुटेर बाढी आएको पुष्टि भएको हो।

    यस्तै अब थप जोखिमको सम्भावना पनि नरहेको पालिकाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार