काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
केही बेर अघि सुरु भएको बैठकमा पार्टीको संगठन सुदृढीकरण, मुलुकको समसामयिक राजनीतिक लगायतका विषयमा छलफल हुने जसपा, नेपालले जनाएको छ ।
बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक सम्बन्धमा पार्टीको भूमिका, वैचारिक एवम् संगठनात्मक अवधारणा तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यताका सम्बन्धमा छलफल हुने बताइएको छ ।
आजदेखि सुरु भएको जसपा केन्द्रीय समितिको बैठक साउन ३० गतेसम्म चल्नेछ ।
