झापा । झापाको बिर्तामोडमा एक महिला मृत फेला परेकी छन् ।
मृत फेला पर्नेमा झापाको मेची नगरपालिका– १ की ३५ वर्षीया सुनीता मर्डी राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक राजवंशी कवाडीको काम गर्दै आइरहेको र उनको शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुनिताको शव बिर्तामोड नगरपालीका– १ स्थित अदुवा पुल नजिकै फेला परेको र घटनाको विषयमा थप अनुसन्धान भैरहेको छ ।
