शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

शपथ 

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र मन्त्रीले लिए शपथ 

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र मन्त्रीले लिए शपथ 

केन्द्रमा गठबन्धनमा फेरबदल भएपछि मुख्यमन्त्री गुमाएका शाह एमाले र कांग्रेसको गठबन्धन बनेपछि पुनः मुख्यमन्त्री बनेका हुन् । 

सोमबार, साउन २१ २०८१
सोमबार, साउन २१ २०८१
  • धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कलमबहादुर शाह र मन्त्रीहरुले शपथ लिएका छन् । 

    नेपाली कांग्रेस र एमालेको समर्थनमा आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । साहको दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । 

    शाह यस अघि माओवादी र कांग्रेसको गठबन्धनमा पनि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री थिए । केन्द्रमा गठबन्धनमा फेरबदल भएपछि मुख्यमन्त्री गुमाएका शाह एमाले र कांग्रेसको गठबन्धन बनेपछि पुनः मुख्यमन्त्री बनेका हुन् । 

    मुख्यमन्त्रीको शपथ लिए लगत्तै शाहले मन्त्रीपरिषद् विस्तार गरेका छन् । उनले कांग्रेसबाट दुई, एमालेबाट तीन र नागरिक उन्मुक्तिबाटीबाट एक जना मन्त्री नियुक्त गरेका छन् । साथै उनले तीन जना राज्यमन्त्री समेत नियुक्त गरेका छन् । 

    कांग्रेसका मेघराज खड्काले सामाजिक विकास मन्त्री र बहादुर सिंह थापाले आर्थिक मामिला मन्त्री, एमालेका हिरा सार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्री, सुरेन्द्र बहादुर पालले भौतिक पूर्वाधार मन्त्री, वीरबहादुर थापा भूमि, व्यवस्था तथा सहकारी विकास मन्त्री र नागरिक उन्मुक्ति पार्टीका लक्षमणकिशोर चौधरीले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीको शपथ लिएका छन् । 

    त्यस्तै सामाजिक विकास राज्यमन्त्रीमा कांग्रेसी सरस्वती खड्का र आर्थिक मामिला राज्यमन्त्रीमा पदम बहादुर बम र भौतिक पूर्वाधार राज्यमन्त्रीमा एमालेकी निर्मलादेवी साउदले शपथ लिएकी छन् । 

    शपथ ग्रहण पश्चात् मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीले आजै पदभार ग्रहण गर्नेछन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार