सोमबार, भदौ १ गते २०८३    

सोमबार, भदौ १ गते २०८३    

राजनीति

राजिनामा दिएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडिन्

राजिनामा दिएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडिन्

तनाबका कारण बंगलादेशमा दिनभर इन्टरनेट सेवा समेत अबरुद्ध भएको जनाइएको छ । 

सोमबार, साउन २१ २०८१
सोमबार, साउन २१ २०८१
  •  एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । 

    आरक्षण सम्बन्धी विवादका कारण गत जुलाई १५ भएको निरन्तर प्रदर्शन पश्चात् ३०० भन्दा बढी जनाको मृत्यु भएपछि प्रधानमन्त्री हसिनाले आज पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

    राजीनामा दिएकी हसिनाले देश छाडेकी छन् । हेलिकप्टरमार्फत हसिनाले भारतमा शरण लिएको सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रदर्शनका क्रममा हजारौं नागरिकहरु प्रधानमन्त्रीको निवासतर्फ गएपछि उनी सुरक्षीत स्थानतर्फ सरेकी थिइन् । 

    तनाबका कारण बंगलादेशमा दिनभर इन्टरनेट सेवा समेत अबरुद्ध भएको जनाइएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार