धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कलमबहादर शाहले दाबी पेस गरेका छन् ।
आइतबार प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर शाहले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । साहले नेपाली कांग्रेससहित नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।
प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेस गर्न आज अपराह्र ५ बजे सम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । सो समयपछि शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रदेश प्रमुख कार्यालयको तयारी रहेको छ ।
शाहले अन्य दलहरुलाई पनि सरकारमा सहभागी गराउने तयारी गरिरहेका छन् ।
