शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

मन्त्रीपरिषद्

तीन राज्यमन्त्री थपिएसँगै मन्त्रीपरिषद्ले पायो पूर्णता 

तीन राज्यमन्त्री थपिएसँगै मन्त्रीपरिषद्ले पायो पूर्णता 

यो सँगै गत असाढ ३१ गते ओली नेतृत्वको गठित मन्त्रीपरिषद्ले पूर्णता पाएको छ । 

शुक्रबार, साउन १८ २०८१
शुक्रबार, साउन १८ २०८१
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीपरिषद्ले पूर्णता पाएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले तीन राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रीपरिषद्ले पूर्णता पाएको हो । 
     
    राष्ट्रपति पौडेलले नागरिक उन्मुक्ति पार्टीका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्रीमा नेपाली कांग्रेसकी रुपा वि.क. र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा पूर्णबहादुर तामाङलाई नियुक्त गरेका हुन् । 
     
    संवत् २०८१ साल असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा चौधरी, वि.क. र तामाङलाई राज्यमन्त्री पदमा नियुक्त नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 
     
    यो सँगै गत असाढ ३१ गते ओली नेतृत्वको गठित मन्त्रीपरिषद्ले पूर्णता पाएको छ । 
     
     
     
     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार