काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक सिंहदरबारमा जारी रहेको छ ।
गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा जारी रहेको बैठकमा कार्यदलका सदस्यसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासियासहित, संसदको कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदी लगायत सहभागी भएका छन् ।
यस अघि गृहमन्त्रालयमा संयन्त्रको बैठक बसेर विद्येयकमाथि सहमति जुटाउने विषयमा सहमति भएको थियो । बैठकमा विद्येयकसम्बन्धी सहमति जुटाउन बाँकी बुँदामा छलफल भैरहेको छ ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र व्यक्तिको छानबीन आयोगसम्बन्धी विद्येयक संसदमा विचाराधीन छ ।
