सोमबार, भदौ १ गते २०८३    

सोमबार, भदौ १ गते २०८३    

हमास–इजलायल युद्ध

हमासका प्रमुख नेता हानिया इजरायलको आक्रमणमा इरानमा मारिए 

हमासका प्रमुख नेता हानिया इजरायलको आक्रमणमा इरानमा मारिए 

गएको १० अप्रिलमा हनियाका तीन छोरा र चार नातीनातीना चढेको गाडीमा इजरायलले मिसाइल खसालिदिएपछि घटनास्थलमै सबैको मृत्यु भएको थियो ।

बुधबार, साउन १६ २०८१
बुधबार, साउन १६ २०८१
  • एजेन्सी । प्यलेस्टाइनी लडाकू समूह हमासका प्रमुख नेता इस्माइल हानियाको हत्या गरिएको छ । 

    इरानका नयाँ राष्ट्रपतिको शपथग्रहण समारोहमा सहभागी हुन् तेहरान पुगेका हानिया इजरायली आक्रमणबाट मारिएका हुन् । तेहरान पुगेका हानियाको निवासमा बुधवार बिहान आक्रमण भएको र उक्त आक्रमणमा हानियासहित उनका एक अंगरक्षकको मृत्यु भएको इरानको एलिट रिभोलुसनरी गार्डले जनाएको छ । 

    इस्माइल हानिया हमासको राजनीतिक विभाग प्रमुख थिए । उनी प्यालेस्टिनी प्राधिकरणको दशौं प्रधानमन्त्रीसमेत हुन् । सन् १९८९ मा इजरायलले उनलाई ३ वर्ष कारागारमा राखेको थियो । 

    पछिल्लो समय हमासले इजरालयलमा आक्रमण गरेयता  करिब ४ महिनाभित्र इजरायलकै आक्रमणमा हानियाले तीन छोरासहित आफ्ना ४ जना नातीनातीना गुमाएका थिए । परिवार गुमाएपछि हानिया कतार बस्दै आएका थिए । इरानका नयाँ राष्ट्रपतिको पदभार समारोहमा सहभागी हुन उनी छोटो समयका लागि तेहरान पुगेका थिए ।

    उनका लागि तेहरान नै अन्तिम गन्तव्य बन्न पुग्यो । आफ्नो सहयोगी देशको राजधानीभित्रको आवासमा हनिया सुरक्षाकर्मीसहित मारिए । 

    गएको १० अप्रिलमा हनियाका तीन छोरा र चार नातीनातीना चढेको गाडीमा इजरायलले मिसाइल खसालिदिएपछि घटनास्थलमै सबैको मृत्यु भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार