आइतबार, भदौ १४ गते २०८३    

आइतबार, भदौ १४ गते २०८३    

राजनीति

नेकपा (बहुमत) को महासचिवमा धर्मेन्द्र बास्तोला चयन 

नेकपा (बहुमत) को महासचिवमा धर्मेन्द्र बास्तोला चयन 

बैठकले पार्टीको आगामी ९ औँ महाधिवेशन माओ जयन्तीको अवसरमा २०८१ पौष ११ गते गर्ने निर्णय गरेको

मंगलबार, साउन १५ २०८१
मंगलबार, साउन १५ २०८१
  • काठमाडौं । नेकपा (बहुमत) को महासचिवमा धर्मेन्द्र बास्तोला ‘कञ्चन’ चयन भएका छन् ।

    साउन ११ गतेदेखि आज सम्म चितवनमा बसेको पार्टीको विस्तारीत बैठकले नेता कञ्चनलाई महासचिवमा चयन गरेको बैठकमा सहभागी एक नेताले बागी पोष्टलाई जानकारी दिए । बैठकले उनको नेतत्वमा ८७ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक समिति गठन गरेको ती नेताले बताए ।

    मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सँगको एकता प्रक्रिया असफल भएपछि नेकपा (बहुमत) ले चितवनमा पार्टीको विस्तारीत बैठकको आयोजना गरेको थियो । विस्तारीत बैठकमा क्रान्तिकारी माओवादीसँगको पार्टी एकता असफल हुनुको कारण र पार्टीको आगामी कार्य योजनाबारे १० पेज लामो राजनीतिक प्रस्ताव पेश गरिएको थियो ।

    उक्त प्रस्तावमाथि ९ वटा समूहहरुमा विभाजन गरी छलफल गरिएको थियो । छलफल पश्चात् समूह नेतृत्वकर्ताले रिर्पाेटिङसहित दस्तावेदमाथि आ-आफ्ना सुझावहरु प्रस्तुत गरेका थिए ।

    बैठकले पार्टीको आगामी ९ औँ महाधिवेशन माओ जयन्तीको अवसरमा २०८१ पौष ११ गते गर्ने निर्णय गरेको ती नेताले जानकारी दिए । 



    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार