आइतबार, असोज १८ गते २०८३    

आइतबार, असोज १८ गते २०८३    

पेरिस ओलम्पिक

पेरिस ओलम्पिकको पहिलो स्वर्ण चीनले जित्यो 

पेरिस ओलम्पिकको पहिलो स्वर्ण चीनले जित्यो 

चीनियाँ जोडीले १० मिटर एयर राइफलको मिश्रित विधामा यो पदक जितेका हुन् । 

शनिबार, साउन १२ २०८१
शनिबार, साउन १२ २०८१
  • एजेन्सी । पेरिस ओलम्पिक २०२४ को पहिलो स्वर्ण चीनले जितेको छ । 

    चीन सुटिङ इभेन्टमा पहिलो स्वर्ण जित्न सफल भएको हो । चीनियाँ जोडीले १० मिटर एयर राइफलको मिश्रित विधामा यो पदक जितेका हुन् । 

    कोरियाका जोह्योन केम र हार्जुन पार्कलाई पराजित गर्दै चीनका लिहाओ सेङ र युटिङ ह्याङले १० मिटर एयर राइफलको मिश्रित विधामा पेरिस ओलम्पिक २०२४ को पहिलो स्वर्ण जितेका हुन् । 

    यस अघि कजाकस्तानका शूटर स्लाम सत्पायेभ र एलेक्जेन्ड्रा लेले यस ओलम्पिकमा पहिलो पदक जितेका थिए । कास्य पदकको खेलमा सत्पायेभ र एलेक्जेन्डा लेले जर्मनीका म्याक्सिमिलियन उल्ब्रिचट र अन्ना जान्सेनलाई पराजित गरे । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार