सोमबार, असोज १९ गते २०८३    

सोमबार, असोज १९ गते २०८३    

मन्त्रीपरिषद् बैठक

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त 

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त 

मन्त्रीपरिषद् बैठकले योजना आयोगमा नयाँ सदस्य नियुक्त गरेको प्रवक्ता गुरुङले बताए । 

बिहीबार , साउन १० २०८१
बिहीबार , साउन १० २०८१
  • काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त भएका छन् । 

    आज बसेको मन्त्रीपरिषद्को बैठकले अधिकारीलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । मन्त्री परिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले योजना आयोगको उपाध्यक्षमा अधिकारीलाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिए । 

    त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभाग प्रमुख रहेका अधिकारी यस अघि पनि योजना आयोगको सदस्य थिए । मन्त्रीपरिषद् बैठकले योजना आयोगमा नयाँ सदस्य नियुक्त गरेको प्रवक्ता गुरुङले बताए । 

    त्यस्तै आयोगको सदस्यमा आरपी विच्छा, रमेश सिंह, प्रकाश श्रेष्ठ, गीताकुमारी पौडेल, जयबहादुर टण्डन  र गंगादत्त अवस्थीलाई नियुक्त गर्ने निर्णय भएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार