शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

मुख्य सचिव

पहिलो महिला मुख्य सचिव बनिन् लीलादेवी गड्तौला 

पहिलो महिला मुख्य सचिव बनिन् लीलादेवी गड्तौला 

गड्तौलाले अब ३५ दिन मुख्य सचिवको जिम्मेवारी सम्हाल्नेछिन् । 

बागीपाेस्ट संवाददाता
बिहीबार , साउन १० २०८१

काठमाडौंं । सरकारले कायममुकायम मुख्य सचिव लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको छ । 

बिहिवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले गड्तौलालाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो । उनी नेपालको पहिलो महिला मुख्य सचिव बनेकी छन् । 

नेपालको इतिहासमा २६ जना मुख्य सचिवले प्रशासनिक कमाण्ड सम्हाल्दा यो पटक पहिलो पटक महिलाले नेतृत्व पाएको हो । मुख्य सचिव बैकुण्ठ अर्यालमाथि भ्रष्टाचार मुद्दा दायर भएपछि उनी निलम्बनमा छन् । 

अर्याललाई गत असार १० गते राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्य सचिव सरहको विशेष पद सिर्जना गरी उक्त पदमा सरुवा गर्ने निर्णय भएको थियो । त्यस पछि प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिव गड्तौलाले वरीष्ठताका आधारमा स्वतः निमित्त मुख्य सचिवको जिम्मेवारी पाएकी थिइन् । 

२०५२ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी उनी आउँदो भदौ २५ गते उमेर हदका कारण अवकाशमा जानेछिन् । त्यसैले गड्तौलाले अब ३५ दिन मुख्य सचिवको जिम्मेवारी सम्हाल्नेछिन् । 

प्रतिक्रिया दिनुहोस्
images
images
लोकप्रीय
सम्बन्धित समाचार