काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएपछि पदमुक्त भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।
राष्ट्रपतिको आह्वान पछि एमाले अध्यक्ष ओलीले कांग्रेस सहित दलका सांसदहरुको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।
